कामना सेवा विकास बैंकद्वारा ''Kamana Sewa Customer Day'' सम्पन्न

४ बर्ष अगाडि

कामना सेवा बिकास बैंक लिमिटडले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ’KSBBL CARE’ फेबअरी ९ ,२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘Kamana Sewa Customer Day’ कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गरेकोमा सम्पूर्ण ग्राहकवहरु प्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरुका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएका छन् ।   
 

४ बर्ष अगाडि

प्रतिक्रिया