एमसिसी बारे ओलीले प्रचण्डलाई भने : तपाईंहरूसँग बहुमत छ जे गर्ने हो गर्नुस्

३ बर्ष अगाडि

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमसिसी पारित गर्ने जिम्मेवारी सरकारको रहेको बताका छन् ।

बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेका थिए । उक्त आग्रहमा आफूलाई हटाउन अमेरिकनहरूसँग एमसिसी पारित गर्छु भनेर गरेको वाचा पूरा गर्न चुनौती दिएका छन् ।

'मलाई हटाउन तपाईंहरूले एमसिसी पारित गर्ने भन्नुभयो । त्यसपछि पारित गर्नका लागि समेत समय माग्नुभएको थियो । तपाईंहरूसँग बहुमत छ । यसबारे मलाई सोध्न जरूरी छैन भनेर अध्यक्षले भन्नुभएको छ ।' एमालेका एक नेताले भने, 'प्रचण्डलाई गठबन्धन पनि नटुटोस् अनि एमालेको समर्थनमा एमसिसी पारित होस् भन्ने छ । एमालेले एमसिसी पारित गरेपछि त्यसको विरोधमा चुनावमा जान पाइन्छ भन्ने लागेको होला । उहाँको दोहोरो स्वार्थ पूरा हुन सक्दैन ।'

यसअघि बिहीबार बिहान अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, ओली र प्रचण्डलाई एमसिसी संसदबाट पारित गर्नेबारे टेलिफोन गरेका थिए । तीनै जना नेताहरूसँगको कुराकानीमा उनले एमसिसी फेब्रुअरी २८ सम्म संसदबाट पारित हुनुपर्ने बताएका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया