७५ प्रतिशत बोनस वितरण गरेको हिमालयन डिष्टिलरीको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४६ करोड २७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३९ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २२.१३ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा ११.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.५२ प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९१ रुपैयाँ ६६ पैसाबाट ३० रुपैयाँ ७१ पैसा घटेर ६० रुपैयाँ ९५ पैसामा झरेको छ । ७५ प्रतिशत बोनस वितरणका कारण कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो ।

पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७३.६१ गुणा रहेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ २० पैसा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस वितरण गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया