सशस्त्रका आईजिपीले नै ‘बिचौलिया’ लाई लिफ्ट दिएपछी....

७ बर्ष अगाडि


काठमाडौं– सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा बिचौलियाको बिगबिगी नै हुन थालेको छ ।

सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बिचौलिया मार्फत काम गर्न थालेपछी बिचौलिया आतंक अझै बढेको बताईएको छ । 

२०७४ चैत अन्तिम साता शसस्त्र प्रहरी बलको महानिरीक्षक बनेका खनालको कार्यकक्षमा हरप्रहर देखिने ब्यक्ति हुन् सुरज अधिकारी । 

हेटौंडा स्थायी घर भएका अधिकारी हलचोक स्थित ‘एपिएफ क्लव’ मा एक्सरसाईज गर्छन्, अनि खनालको कार्यकक्षमा छिर्छन् । 

‘सुरज अधिकारी दिनभर मुख्यालयमै हुन्छन्’ शसस्त्र प्रहरी मुख्यालयमा कार्यरत एक सिनियर अफिसरले भने, ‘कल्याणकारी, खरिद र अप्रेशनका मिटीङहरुमा समेत सुरज अधिकारी सहभागी हुन्छन्, उनि को हुन् भन्ने थाहा छैन तर हामिले आईजि सापको निटक भनेर बुझेका छौं ।’ 

आफुलाई माओवादी र उर्जामन्त्री बर्षमान पुनः निकट भनेर परिचय दिने अधिकारीलाई शसस्त्र प्रहरी बलका डिआईजी सम्मका उच्च अधिकृतहरुले नमस्कार गर्ने गरेका छन् । 

सशस्त्र प्रहरी बलको गण, गुल्म र पेट्रोल पम्पहरुमा आफुले भनेको मान्छे पोष्टिङ गराउने ल्याकत राख्ने अधिकारीले भर्ना छनोटमा समेत हस्तक्षेप गर्ने गरेका छन् । 

‘भर्ना छनोट स्थलमा अधिकारी भिआईपी पास लगाएर जाने गरेका छन्’ सशस्त्र प्रहरी बलमा कार्यरत एक सिनियर अफिसर भन्छन्, ‘चिफ सापले नै लिफ्ट दिएको कारण मुख्यालयमा गैरफौजी हर्कत बढ्दै गएको छ ।’ 

शैलेन्द्र खनाल शसस्त्र प्रहरी बलको प्रमुख हुनुअघी सामान्य सेन्ट्रो गाडी चढेर हिँड्ने अधिकारी अहिले ६० लाख मुल्य पर्ने कोरियन सस्याङयोङ्ग चढ्छन् ।
 
सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार आईजी खनालले अधिकारीलाई सशस्त्र प्रहरीकै ड्राईभर दिएका छन् । 

सशस्त्र प्रमुख खनालले सरुवा–बढुवाको काममा परिचालन गर्ने गरेका अधिकारीमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पती शुद्धिकरण अनुसन्धान विभागले समेत उनको अकुत सम्पतीमाथी अनुसन्धान गरिरहेको बताईएको छ ।

हेटौंडाका स्थायी बासिन्दा अधिकारीले पछिल्लो समय पुल्चोकमा आलिशान महल किनेका छन् । 

बिचौलियालाई लिफ्ट दिएको बारे, प्रतिक्रिया लिन सशस्त्र प्रहरी बलका प्रमुख शैलैन्द्र खनालको मोवाईलमा पटक पटक फोन र म्यासेज गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

विदेशमा हुने तालिम र युएन मिशनहरुमा पनी आर्थिक मोलाहिजा गरेर सुरजको सिफारिस गरेका मानिसहरु नै पर्ने गरेको बताईएको छ ।

शसस्त्र प्रहरी बलको माईक्रो म्यानेजमेन्टमा चलखेल गर्ने अर्का ब्यक्ति हुन् नरेश भट्टराई । 

सुदुरपश्चिम स्थायी घर भएका भट्टराईलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाले सशस्त्रकै ड्राईभर र घरेलु कामदारको रुपमा फलोअर्स समेत दिएका छन् ।

यसबारे प्रतिक्रिया लिन सुरज अधिकारीसँग सम्पर्क गर्दा उनले शैलेन्द्र खनाल आफ्नो चिनजानको दाई भएको बताए ।

उनले भने, ‘म एपिएफ क्लवको मेम्बर हुँ, क्लव आउँदा जाँदा बोलचाल हुन्छ, अरु कुरा थाह भएन् ।’ 
रातोपाटीबाट साभार

७ बर्ष अगाडि

प्रतिक्रिया