काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना सम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरणका अनुसार उक्त नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.५३ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.१६ प्रतिशत बढेर ४ अर्ब ६० करोड ३१ लाख २४ हजार रूपैयाँ पुगेको छ । यस अवधिसम्ममा कम्पनीको कुल खर्च भने १४.५४ प्रतिशतले बढेको छ । सोही कारण नाफा प्रभावित बन्न पुगेको हो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ५५ करोड ८० लाख रूपैयाँ रहेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४२ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा पुगेको छ ।
प्रतिक्रिया