काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४० प्रतिशत हकप्रद सेयरपछि प्रतिकित्ता ८ सय १९ रूपैयाँ २९ पैसा कायम हुनेगरी मूल्य समायोजन भएको हो ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार एक सय ७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया