काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २२५ पुगेको छ । चालु आर्थिक वर्षको पुससम्ममा सूचीकृत कम्पनीहरुको संख्या २२५ पुगरेको हो । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यो कुल संख्याको ६३.५६ प्रतिशत हो ।
यसैगरी २०७८ पुसमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये ४६ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । एक वर्षअघि २०७७ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो । एक वर्षमा दश सूचीकृत कम्पनी थपिएका हुन् ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ६७.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत रहेको छ ।
यस्तै लगानी कम्पनीको ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया