राष्ट्रिय बीमाद्धारा ६ महिनामा १ करोड ९२ लाख बढि बीमा दाबी भुक्तानी, जगेडा कोषमा ३ अर्ब ३ करोड ७० लाख संचिती

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले समिक्षा अवधिसम्ममा १९ करोड ४३ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४१.४२ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८७ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन समान्य बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले १ करोड ९२ लाख ३६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी रकम घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

साथै यस अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ रहेको छ । २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब २४ करोड ५६ लाख रुपैयाँ संचिती रहेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ३ करोड ७० लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको हो ।

कम्पनीको प्रति शेयरआम्दानी १५४ रुपैयाँ ७५ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २५८.११ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १३१७ रुपैयाँ २५ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया