काठमाडौं - सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ ।
आज अर्धवार्षिक समीक्षामार्फत सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको हो । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँको हुनेछ ।
कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुको विनियोजनको ९४।७ प्रतिशतमात्रै खर्च गर्ने गरी बजेट संशोधन गरिएको हो । सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेर बजेट संशोधन गरेको छ ।
अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारको लक्ष्य छ । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिनेछ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य सरकारको थियो ।
अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो।
प्रतिक्रिया