प्रभु लाइफले ६ महिनामा एक अर्ब बीमा शुल्क आर्जन गर्‍यो, अभिकर्तालाई १७ करोड ६६ लाख कमिशन

४ बर्ष अगाडि

काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको   छ । विवरण अनुसार कम्पनीको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । 

कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा खुद बीमा शुल्क एक अर्ब रुपैया आर्जन गर्न सफल भएको छ । उक्त विमाशुल्क गत वर्षको यहि अवधिको तुलनामा ६४.६३ प्रतिशत बढि हो । गत वर्षको यहि अवधिमा जम्मा ६० करोड ९९ लाख रुपैयाँ थियो ।

दाबी भुक्तानीमा पनि उल्लेख बृद्धि भएको छ । कम्पनीले समिक्षा अवधिमा ९ करोड ५५ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ भने गत वर्षको यहि अवधिमा एक करोड १३ लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीको मुनाफामा भने २३।४२ प्रतिशतले गिरावट आएको छ । पुस मसान्तसम्ममा कम्पनीले ६ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ८ करोड ८ लाख रुपैयाँ थियो । 

बीमा शुल्क आर्जनमा भएको बृद्धि सँगै अभिकर्ता कमिशनमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले अभिकर्ताहरुलाई १७ करोड ६६ लाख रुपैयाँ खर्चिएको छ । गत वर्ष यस्तो कमिशन ९ करोड ९५ लाख रुपैयाँ मात्रै थियो । कम्पनीले हालसम्म ४ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

व्यवसायम बृद्धि सँगै जीवन बीमा कोष ८० प्रतिशतले बढेको छ । यस्तो कोषमा २ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ९९ लाख रुपैयाँ जम्मा भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया