चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित १ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौँ न्यूरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु मण्डललाई दक्षिणकाली नगरपालिका(५ स्थित फर्पिङबाट पक्राउ गरेको हो ।

वीरगञ्‍जबाट काठमाडौँ आउँदै गरेको ना. १ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त धातु लुकाई ल्याएको अवस्थामा फेला पारेको हो ।

उनलाई उक्त धातु सहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया