काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज ११ हजार ८ सय ८० नमुना परीक्षण गर्दा १३६९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, सोही अवधिमा २ हजार २३८ जना संक्रमण मुक्त भएका छन् । साथै संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै कुल मृतकको संख्या ११ हजार ८६४ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया