काठमाडौं-महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ७५ लाख २६ हजार ५८१ रुपैयाँ बुझेका छन् ।
भट्टराईले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पारिश्रमिक, भत्ता तथा सुविधा बापत ६९ लाख ९ हजार ५०० रुपैयाँ बुझेका छन् ।
उनले यस बाहेक नियम अनुसार कर्मचारी बोनसको रुपमा तीन लाख ७० हजार ५०६ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै फोर्स लिभ बापत २ लाख ४६ हजार रुपैयाँ सहित ७५ लाख २६ हजार ५८१ रुपैयाँ बुझेका हुन् । यस्तै, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापत ३३ लाख ७७ हजार रुपैयाँ प्राप्त गरेका छन् । अर्का नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले ३२ लाख ४७ हजार ४६५ रुपैयाँ बुझेका छन् । सहायक महाप्रबन्धक सपना देवकोटा खरेलले वार्षिक पारिश्रमिक भत्ता तथा अन्य सुविधा बापत १८ लाख ९३ हजार, सहायक महाप्रबन्धक प्रशान्त राज धमलाले २४ लाख ६९ हजार रुपैयाँ, सहायक महाप्रबन्धक हरि प्रसाद ढुंगानाले एक लाख तीन हजार रुपैयाँ लिएका छन् ।
प्रबन्धकहरु योगेश कुमार नेपालले वार्षिक पारिश्रमिक भत्ता तथा अन्य सुविधा बापत १६ लाख १४ हजार रुपैयाँ, सिताराम धिमालले १५ लाख ३० हजार रुपैयाँ र पवन कुमार नेपालले १५ लाख २९ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस आर्थिक वर्षमा कम्पनीको कर्मचारी खर्च मात्रै ११ करोड रुपैयाँ रहेको छ । जस मध्ये कर्मचारीले तलब बापत ४ करोड ६३ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै भत्ता बापत तीन करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । कर्मचारीहरुले दशै खर्च बापत ५३ लाख तीन हजार रुपैयाँ बुझेका छन् । यसमा कर्मचारीहरुले नियम अनुसार पाउने मुनाफाको बोनस रकमलाई समावेश गरिएको देखिदैन ।
कम्पनीका सञ्चालक समितिका अध्यक्षले वार्षिक पारिश्रमिक भत्ता तथा सुविधा बापत २८ हजार रुपैयाँ अर्का सञ्चालक मोहन राज जोशीले ३३ हजार रुफैयाँ, सञ्चालक सुरेश सापकोटाले २७ हजार रुपैयाँ र सञ्चालक उमेशलाल श्रेष्ठले २४ हजार रुपैयाँ बुझेका छन् ।
प्रतिक्रिया