आज पनि शेयर बजारमा ओरालो यात्रालाई निरन्तरता, कतिको भयो कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ । नेप्से ०.४३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ५२७.२८ विन्दुमा झरेको छ ।

कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ६९ लाख ५० हजार ८ सय ३८ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको शेयर घटेको छ । 

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । २५ करोड ४८ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ४ प्रतिशतले घटेर एक हजार ६ सय ५६ रूपैयाँ कायम भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया