काठमाडौं- साताको अन्तिम कारोबारको दिन(बिहीबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से) मा ११ अंकको गिरावट भएको छ ।
शेयर बजार ११ अंकले ओरालो लाग्दाँ मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य ४ अंकले ओरालो लागेर प्रतिकित्ताको मूल्य रु.१ हजार ६५६ पुगेको छ ।
यस्तै, ग्लोबल आइएमई समुन्नत स्किम १ को शेयरमूल्य ३.२० प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.११.८१,नेरुड लघुवित्तको ३.२० प्रतिशतले घटेर रु.१ हजार १८१, नेपाल फाइनान्सको ३.१० प्रतिशतले घटेर रु.६८८ र बुद्धभूमि नेपाल हाइड्रोपावरको ३.०६ प्रतिशतले घटेर रु.६६५ पुगेको छ ।
प्रतिक्रिया