महालक्ष्मी लाइफको साधारणसभा आज सम्पन्न

४ बर्ष अगाडि

काठमाडौं-महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा काठमाण्डौको कमलपोखरीस्थित कम्पनीको प्रधान कार्यालय परिसरमा आयोजित सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए। 

सभामा अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेस गर्दै कम्पनीको वर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए। 

सभाले अध्यक्ष शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव २०७६र७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरेकोछ। 

स्वतन्त्र सञ्चालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखापरीक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको ७ लाख ५० हजारको खर्चसमेत सभाले अनुमोदन गरेको छ।

सभामा महालक्ष्मी लाइफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारणसभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया