काठमाडौं- साताको अन्तिम कारोबारको दिन(बिहीबार) पनि नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ओरालो लागेको छ ।
आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेप्से ११.९६ अंकले घटेर २८०१.५६ को बिन्दुमा पुगेको हो ।
यस्तै, अन्तिम समयसम्ममा ३ अर्ब ८२ करोड ९५ लाख बढीको शेयर कारोबार हुदाँ नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड ४८ लाख ३९ हजार बढीको कारोबार भएको हो ।
यसैगरी, नेशनल हाइड्रोपावर सर्वाधिक कारोबार गर्ने कम्पनीको दोस्रो स्थानमा रहेको छ । कम्पनीले २२ करोड ४० लाख बढीको कारोबार गरेको छ ।
अन्य कुन कम्पनीको कतिको कारोबार ?
प्रतिक्रिया