एनआईसी एसिया ब्यालेन्स फण्डको सर्वाधिक कित्ता बिक्री माग, खरिद कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम कारोबारको दिन(बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा एनआईसी एसिया ब्यालेन्स फण्डको सर्वाधिक कित्ता बिक्री माग भएको छ ।

आज कारोबार सुरु भएको लगभग अन्तिम अन्तिम मिनेटसम्म कम्पनीको ३ लाख ९१ हजार १९५ कित्ता शेयर बिक्री माग भएको हो । 

यस्तै, मार्केट डेपमा सोही अवधीसम्म २ लाख ७२ हजार ७७५ कित्ता शेयर खरिदमाग भएको छ भने ११ हजार ५०० कित्ता शेयर खरिदबिक्री भएको हो । सो बराबरको कित्ता शेयर खरिदबिक्री हुदाँ १ लाख ३० हजार बढीको कारोबार भएको छ । 

यसैगरी, कम्पनीको शेयरमूल्य १.१६ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.११.३२ पुगेको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया