छ्याङ्दी हाइड्रोपावरको प्रतिशेयर आम्दानी घटेर रु.५.७२, नाफा पनि घट्यो

३ बर्ष अगाडि

काठमाडौं- छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८५ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९५ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको हालै सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३३.१७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३३.१९ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको जगेडा कोष ६८.५४ प्रतिशत बढेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४३ पैसाबाट ७१ पैसा घटेर ५ रुपैयाँ ७२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ८०.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७० पैसा रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया