काठमाडौं-बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
वित्तिय विवरण अनुसार बोटलर्स नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो। आम्दानी बढेसँगै सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै कम्पनीको नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३१.८५ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ३३.८५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८७.८६ प्रतिशत बढेको छ।
गत पुस मसान्तसम्ममा १२ रुपैयाँ ५४ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३६७ रुपैयाँ ८४ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ हजार ४१३ रुपैयाँ पुगेको छ।
त्यसैगरी, बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा २ करोड २० लाख रुपैयाँ रहेको थियो। आम्दानी बढेसँगै सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै कम्पनीको नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.३६ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा २८.१२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७७।५१ प्रतिशत बढेको छ।
गत पुस मसान्तसम्ममा ३६ रुपैयाँ ५२ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४९९ रुपैयाँ ५६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ हजार ४८६ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया