हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको सर्वाधिक करिब १० लाख कित्ता खरिदमाग, शेयरमूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबारको दिन(बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ । 

नेप्सेमा कारोबार सुरु भएको करिब सवा २ घण्टाको अवधीमा कम्पनीको ९ लाख ८२ हजार ९५५ कित्ता शेयर खरिदमाग भएको छ भने ६४ हजार ५४९ कित्ता शेयर बिक्रीमाग भएको हो । 

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमूल्य ०.५७ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु. ३३७ पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया