काठमाडौँ – नेपाल प्रहरी जनताको सेवा र सुरक्षाका लागि गठित संगठित संस्था हो । तर साधन र स्रोतको दुरुपयोग गरेर केही व्यक्तिले प्रहरीलाई घरेलु काममा समेत लगाउने गरेको पाइएपछि प्रहरी प्रधान कार्यालयले कडाई सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालयले केही पूर्व मन्त्री, केही पूर्व प्रहरी अधिकारी र बहालवाला सांसदले समेत निजी प्रयोजनका लागि खटाइरहेका प्रहरी कर्मचारीलाई धमाधम फिर्ता गर्न थालेको छ । जनताको सेवाका लागि भन्दै जागिर खाएका प्रहरीलाई बधुवा मजदूर बनाउन पूर्व गृहमन्त्री, मन्त्री तथा केही सांसद समेत लागि परेका छन् ।
घरेलु कामदार बनाउने, कपडा धुन लगाउने तथा अन्य घरेलु काममा समेत उनीहलाई प्रयोग गरेको थाहा पाएको छ । दुई हजार बढी प्रहरी कर्मचारी यो वा त्यो रुपमा उच्च पदस्थ व्यक्तिको घरमा घरेलु मजदुरको रुपमा कार्यरत रहेका छन् । जनताका छोरा छोरीलाई घरेलु मजदुर बनाएर राखिएको भएपनि उनीहरुलाई कुनै थप सुविधा दिइएको छैन । विशेष गरी नेपाली काँग्रेसका पूर्व मन्त्री, गृहमन्त्री तथा सांसदहरुले समेत प्रहरीलाई घरेलु मजदुर बनाएका छन् ।
पछिल्लो समय प्रहरीले ८५ जना प्रहरी कर्मचारी फिर्ता भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी अधिकारीको सुरक्षा तथा घरमा काम गर्न बसेका ८५ प्रहरी कर्मचारी फिर्ता भएको जानकारी दिएको छ । उसले अरु पदाधिकारीले प्रयोग गर्दै आएका कर्मचारी समेत छिट्टै फिर्ता बोलाउने तयारी गरेको बताएको छ ।
शान र सौकताका लागि भन्दै जनताका छोरा छोरीलाई घरेलु मजदुर बनाएर श्रम र शारिरीक शोषण समेत गरेको बताइन्छ । महिला प्रहरीलाई शोषण समेत भएको रिपोर्ट आएको बताइन्छ ।
त्यसैगरी सांसद मात्रै भएपनि प्रहरी सुरक्षा लिएर आफूलाई शानका साथ हिडाउने बानी परेका काँग्रेस नेता अमरेशकुमार सिंहको सुरक्षमा खटिएका सुरक्षाकर्मी पनि फिर्ता गरिएको प्रहरीको भनाइ छ । यस्तै पूर्व प्ररी उच्च अधिकारीले घरेलु मजदूरका रुपमा राखेका प्रहरी कर्मचारी पनि धमाधम फिर्ता भएका छन् ।
पूर्वआईजीपी, पूर्वएआईजी तथा पूर्वडीआईजीहरुले घरेलु कामदारका रुपमा प्रहरीका सिपाही, हवल्दार तहका प्रहरी कर्मचारी प्रयोग गरेको पाइएपछि प्रहरी प्रधान कार्यालयले एक्सन लिएको हो ।
पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल, रमेशचन्द ठकुरी, हेम गुरुङ, ओमविक्रम राणा र दुर्लभकुमार थापाका घरमा नियमविपरीत राखिएका १२ प्रहरी कर्मचारी फिर्ता भएका छन् । पूर्वएआईजीहरुका घरमा कामदारका रुपमा रहेका तथा सुरक्षाका लागि भन्दै खटिएका ६२ प्रहरी पनि पछिल्लो पटक फिर्ता गरिएको प्रहरी प्रधान कार्यालयको भनाइ छ । पूर्वएआईजी विजयलाल कायस्थले सुरक्षाका लागि भन्दै लगेका ४ जना, पूर्व एआईजी मिग्मार लामाले घरेलु कामदारका रुपमा प्रयोग गरेका चार जना, मधु पुडासैनीको घरबाट २, कमलसिंह बमको घरबाट २ जना, हेमन्तबहादुर पालको घरबाट ३ जना घरेलु कामदारको रुपमा प्रयोग भएका प्रहरी फिर्ता भएका छन् ।
यस्तै रणबहादुर चन्दको घरबाट ३ जना, त्यस्तै पंकज श्रेष्ठको घरबाट १ जना, विजय भट्टबाट २ जना, अमरबहादुर शाहबाट १ जना र दीपक थानदेनले घरेलु कामदार बनाएका २ प्रहरी कर्मचारी फिर्ता भएका छन् । त्यसैगरी पूर्वएसएसपी छविलाल जोशी, पुष्प रन्जीत, रमेशकुमार भट्टराई, अमृतकाजी श्रेष्ठ, गोपालप्रसाद भण्डारी, अच्युतप्रसाद चालिसे, शरदचन्द, सुरेन्द्रबहादुर पाललगायतको घरमा घरेलु कामदारका रुपमा रहेका कर्मचारी फिर्ता भएका छन् ।
सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको भन्दै गुनासो बढेपछि फिर्ता बोलाइएको प्रहरी महानिरीक्षकको सचिवालयले दावी गरेको छ । नियमविपरीत खटिइएका र घरेलु कामदार बनाइएका सबै प्रहरी कर्मचारीलाई फिर्ता गर्ने तयारीमा महानिरीक्षक सर्वेन्द्र खनाल रहेको बताइएको छ ।
गणतान्त्रिक सरकारले समेत तल्ला तहका प्रहरी कर्मचारीको भावनालाई नसुनेको र उनीहरुलाई घरेलु मजदुर बनाउनेलाई कारवाहीको दायरामा नल्याएको भन्दै आक्रोश समेत पैदा भएको छ । तर शान र सौकतका लागि भन्दै प्रहरीलाई घरेलु कामदार बनाउनेलाई कानूनी दायरामा ल्याउनुपर्ने आवज उठेको छ ।
प्रतिक्रिया