सानिमा लाइफको बीमाशुल्क १ अर्ब माथि, अन्य सूचकको अवस्था के कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं-सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १अर्ब १६ करोड २१ खुद बीमाशुल्क आर्जन गरेको छ। 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५२ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

यस्तै, कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ११ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफा पनि ६९.३६ प्रतिशतले बढेर ९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड २३ लाख रुपैयाँ, जीवन बीमा कोषमा २ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ।

यस अवधिमा इन्स्योरेन्सले कुल १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। एक हजार २४२ वटा दाबी बापत १३ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया