काठमाडौं - नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपालाई पक्राउ गरेको हो ।
अस्पतालमा उपचारका लागि आएका बिरामीको नमूना सङ्कलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालत मार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया