काठमाडौं - छ्याङ्दी हाइड्रोपावर लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
छ्याङ्दी हाइड्रोपावर
छ्याङ्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा समीक्षा अवधिमा कम्पनीले ८५ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा ११ प्रतिशतले घटेको हो । गत वर्ष यही अवधिमा कम्पनीले ९५ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३३.१७ प्रतिशतले बढेर ४ करोड ८ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्तापुँजी २९ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ६८.५४ प्रतिशतले बढेर १ करोड ६९ लाख रुपैयाँको भएको छ । गत वर्ष यही अवधिमा रिजर्भमा १ करोड रुपैयाँ रहेको थियो । कम्पनीको वार्षिकीकृत ईपीएस ५.७२ रुपैयाँ, पीई रेसियो ८०.४१ गुणा र प्रतिसेयर नेटवर्थ १०५.४० रुपैयाँ रहेको छ ।
कालिका पावर
कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा १७.१७ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २.९५ प्रतिशतले बढेर ११ करोड ६१ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्तापुँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २० करोड ६१ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ११ करोड ६३ लाख रुपैयाँ रहेको थियो । यो हिसाबले रिटेन्ड अर्निङमा ७७.१४ प्रतिशतले बढेको छ ।
कम्पनीको वार्षिकीकृत ईपीएस २०.९४ रुपैयाँ, पीई रेसियो २६.२७ गुणा र प्रतिसेयर नेटवर्थ १३४.३६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया