रिलायन्स लाइफले ६ महिनामा कमायो ७ करोड ६० लाख नाफा, अभिकर्ताले २३ करोड ७७ लाख पाए कमिशन

४ बर्ष अगाडि

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा  ७ करोड ६० लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार कम्पनीले गत वर्षको समिक्षा अवधिमा ५ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस्तै समिक्षा अवधिमा कम्पनीले २२ प्रतिशतले खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको थियो ।

यस वर्ष अभिकर्ताले प्राप्त गर्ने कमिशनमा उल्लेख बृद्धि भएको छ । अभिकर्ताले यस वर्ष २३ करोड ७७ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीहरुले १९ करोड ८८ लाख रुपैयाँ आर्जन गरेका थिए ।

साथै कुल बीमा शुल्क आर्जन भने एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ । हालसम्मकै कुला बीमा शुल्क आर्जन भने ६ अर्ब २८ करोड रुपैयाँ छ । हाल कम्पनीमा कायम रहेको बीमालेख संख्या भने एक लाख ६९ हजार ६०० वटा रहेको छ । खुद दाबी भुक्तानी भने २८ करोड ६३ लाख रुपैयाँ छ ।

चुक्ता पूँजी २ अर्ब १० करोड रहेको कम्पनीको जगेडा कोषमा १८ करोड १७ लाख रुपैयाँ मात्रै छ । जीवन बीमा कोषमा भने तीन अर्ब ३६ करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी भने ७ रुपैयाँ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया