काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा आज हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरीमा हुने छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन उपर छलफल गरी पारिने गरिने छ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/७७ को आय व्यव हिसाव, नाफारनोक्सान र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गरि पारित गर्नेछ ।
सञ्चालक समितिद्धरा स्वतन्त्र सञ्चालकमा नियुक्त रविराज भट्टराईको नियुक्तिलाई अनुमोदन गर्ने भएको छ । लेखापरीक्षण समितिद्धारा सिफारिस आनन्दराज शर्मा वाग्ले, वाग्ले एण्ड एसोसियट्सलाई आर्थिक वर्ष २०७७/७८ अवधिका लागि लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
प्रतिक्रिया