प्रभुपे फोनपे नेटवर्कमा आबद्ध, अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्यूआर मार्फत रकम भुक्तानी गर्न सक्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ ।

यस सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्य नेपालको डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ ।

दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । 

दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया