काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिना सम्ममा ३२ करोड ३८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा २.७८ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म संस्थाले ३१ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि २.४२ प्रतिशतले बढेर ४६ करोड १५ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ४५ करोड ६ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर ६१ करोड ८३ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ६० करोड ४४ लाख रुपैयाँ रहेको थियो । यो अवधिमा संस्थाले रिजर्भको आकार २०.०४ प्रतिशतले बढाएर १ अर्ब ४५ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १ अर्ब २१ करोड रुपैयाँ रहेको थियो ।
संस्थाले खराब कर्जा (एनपीएल)मा सुधार गर्दै ०.६० प्रतिशतमा झार्न सफल भएको छ । गत वर्ष यही अवधिमा एनपीएल ०.९७ प्रतिशत थियो । संस्थाको प्रतिसेयर आम्दानी ९ईपीएस० घटेर ४१।५४ रुपैयाँमा झरेको छ । गत वर्ष यही अवधिमा ईपीएस ५०.५३ रुपैयाँ रहेको थियो ।
पीई रेसियो ३४.६२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २४५.५२ र तरलता अनुपात २.४० प्रतिशत रहेको छ । चुक्तापुँजी १ अर्ब ५६ करोड रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको ६ महिनामा १४ अर्ब ७४ करोड रुपैयाँ सापटी लिई १ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया