३ महिनामा ५५ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता, १ अर्ब ४ करोड अनुदान हुँदा ५३ अर्ब ८७ करोड ऋण

४ बर्ष अगाडि

काठमाडौं - नेपालले पछिल्लो तीन महिनामा करिब ५५ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिकदेखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो । 

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रुपैयाँ ऋण सहायता रहेको छ । नेपालले पछिल्लो तीन महिनामा अनुदान र ऋण गरी कूल ५४ अर्ब ९१ करोड ९ लाख ६ हजार रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया