कर्पोरेट डेभलपमेण्ट बैंकको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन म्याद थप, कहिले सम्म ?

४ बर्ष अगाडि

काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । 

धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार अब यो बैंकको हकप्रदमा फागुन १३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने छ । यसअघि आवेदन अन्तिम म्याद आज माघ २७ गते बैंकिङ समयसम्म भनिएको थियो ।

बैंकले गत माघ ७ गतेबाट आफ्ना सेयरधनीहरुका लागि १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा हकप्रद जारी गरेको हो । बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया