आजसम्म कायम शेयरधनीहरुले मात्र आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख ३० हजार बढि कित्ता हकप्रद शेयरमा आवेदन दिन पाउने

४ बर्ष अगाडि

काठमाडौं - आजसम्म कायम शेयर धनीहरूले मात्र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४६ लाख ३० हजार बढि कित्ता हकप्रद शेयरमा आवेदन दिन पाउने भएका छन् । कम्पनीले हकप्रद निष्कासनको लागि फागुन १ गते बुक क्लोज गर्ने भएकोले  माघ २७ गते आजसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्ने भएका हुन् ।

कम्पनीले ४० प्रतिशत अर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद बिक्रीपछि कम्पनीको चूक्ता पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

उक्त हकप्रदलाई इक्रा नेपालले इक्रा आईआर बीबीबी रेटिङ दिएको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया