फाइजर कम्पनीको आम्दानी १०२  बिलियन डलर पुग्ने अनुमान, सेयरमूल्यमा ४७.५ प्रतिशतले बढोत्तरी

४ बर्ष अगाडि

एजेन्सी - कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादक कम्पनी फाइजरको आम्दानी यो वर्ष दोब्बरले बढ्ने अनुमान गरिएको छ ।

यो वर्षको अन्त्यसम्म कम्पनीले ८९ बिलियन देखि १०२  बिलियन डलरसम्म आम्दानी गर्ने अनुमान गरिएको छ । जुन वर्षको तुलनामा ५० विलियन डलर बढी हुनेछ । 

आम्दानी दोब्बरले वृद्धि हुने अनुमान बाहिरिएसँगै फाइजर कम्पनीको सेयरमूल्यमा पनि उछाल आएको छ । कम्पनीको सेयरमूल्यमा ४७.५ प्रतिशतले बढोत्तरी आएको छ ।

कम्पनीले कोरोनाविरुद्ध खोपलगायय खाने चक्की उत्पादन गर्छ । यो कम्पनी अमेरिकालगायत संसारका ४० वटा देशमा उत्पादन तथा वितरण अनुमति पाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया