घट्यो विदेशी विनिमय सञ्चिति : पुस सम्ममा ११ अर्ब ७५ करोड अमेरिकी डलरमा सिमित

४ बर्ष अगाडि

काठमाडौं -  विदेशी विनिमय सञ्चिति घटेको छ । चालु आर्थिक वर्षको पुसम्ममा विदेशी विनिमय सञ्चिति करिब १७ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार पुसमसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलरमा सिमित भएको हो ।

पछिल्लो समयमा उच्च आयातका कारण विदेशी विदेशी विनियम सञ्चिति निरन्तर घट्दो क्रममा रहेको छ । २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले घटेर २०७८ पुस मसान्तमा ११६५ अर्ब ८० करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड कायम भएको छ । यो सञ्चितिले ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले जनाएको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसंग २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई १०१५ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आई १५० अर्ब २१ करोड कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया