काठमाडौं - नेपाल राष्ट्र बैंकले आयातमा थप कडाई गरेको छ । केन्द्रिय बैंकले बुधबार एक परिपत्र जारी गर्दै ४३ समूहको विभिन्न बस्तुको आयातमा शतप्रतिशतमा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
साथै टेक्सटाइलसँग सम्बन्धित ४ वस्तु समूहको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
यसअघि केन्द्रिय बैंकले २० वटा समूहको ३ सयभन्दा बढी समूहको बस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
पछिल्लो समय आयात बढेपछि विदेशि बिनिमय सञ्चिति निरन्तर घट्दै गएको छ जसले गर्दा केन्द्रिय बैंकले पछिल्लो समय आयातमा कडाई गर्ने नीति लिएको छ ।
बैंकहरुले आयात गर्ने सुन, उद्योगिले आफ्नै प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थ, औषधिजन्य बस्तु लगायतमा भने यो व्यवस्था लागु हुने छैन् ।
प्रतिक्रिया