काठमाडौं, बलिउडका दुई एक्सन हिरो अक्षय कुमार र टाइगर श्राफले पहिलो पटक एकसाथ फिल्ममा काम गर्ने भएका छन् । फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा उनीहरुले स्क्रिन शेयर गर्न लागेका हुन् । मंगलवार यो फिल्मको एक्सन प्याक्ड टिजर सार्वजनिक भएको छ । टिजरमा अक्षय र टाइगर दुवै प्रस्तुत छन् । फिल्ममा अक्षय कुमार बडे मियाँ र टाइगर श्राफ छोटे मियाँको रोलमा देखिनेछन् ।
टिजर हेर्दा फिल्म धमाकेदार बन्ने अनुमान गर्न सकिन्छ । फिल्मको टिजर ट्विटरमा शेयर गर्दै अक्षयले लेखेका छन्, ‘जुन वर्ष तिमी (टाइगर श्राफ) ले यो दुनियाँमा जन्म लिएका थियौं, त्यही वर्ष मैले फिल्ममा डेब्यू गरेका थिएँ । तैपनि मुकाबला गर्छौं छोटे मियाँ ?’ फिल्म एक्सन प्रधान हुनेछ । फिल्ममा अमिताभ बच्चन र गोविन्दा स्टारर ‘बडे मियाँ छोटे मियाँ’ को टाइटल ट्रयाक पनि रहनेछ ।
सन् २०२३ को क्रिसमसमा रिलिज हुने फिल्मलाई ‘सुल्तान’ फेम्ड निर्देशक अली अब्बास जफरले निर्देशन गर्नेछन् ।
प्रतिक्रिया