काठमाडौं, नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट बिए.टुको पुष्टि भएको छ । हालसम्म ७८ जनामा सो भेरियन्ट पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पुष महिनाको २० गतेदेखि माघ ८ गतेसम्म कोभिड १९ संक्रमण पुष्टि भएका ९५ वटा नमुनाको माघ २४ गते भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड एन्टिग्रट अफ बायोलोजीमा जिन सिक्वेन्सिंग गरिएकोमा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको छ ।
मन्त्रालयकी प्रवक्ता डा. संकगता मिश्राले तीमध्ये ७८ वटा अर्थात् ८२ प्रतिशतमा ओमिक्रोन जिनको लिनिएच बिए टु पुष्टि भएको जानकारी दिएकी हुन् ।
प्रतिक्रिया