काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १६ हजार ३ सय ५६ नमुना परीक्षण गर्दा २०१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, सोही अवधिमा ७ हजार ७७७ जना संक्रमण मुक्त भएका छन् । साथै संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । यससँगै कुल मृतकको संख्या ११ हजार ८५२ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया