शेयर बजारमा दोहोरो अंकको गिरावट, सबै उपसमूह राताम्मे

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । नेप्से ०.७८ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.५१ अंकले घटेर ५२८.९९ विन्दुमा झरेको छ ।

कारोबारमा आएका कूल २२३ वटा कम्पनीको ६५ लाख २० हजार ६ सय २८ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १ सय ८२ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । 

बुधबार पनि कारोबारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड अब्बल छ । कम्पनीको १८ करोड ६१ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको संस्थापक शेयरको मूल्य ३.०८ प्रतिशतले बढेर ४ सय १ रूपैयाँ पुगेको छ ।

यस दिन बुद्धभुमी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ६.६४ प्रतिशतले घटेर ६ सय ८६ रूपैयाँ कायम भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया