नयाँ सारथी लघुवित्तको नाफा साढे ४ करोड माथि, प्रतिशेयर आम्दानी रु.३६.३४

४ बर्ष अगाडि

काठमाडौं- नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

संस्थाले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ९.५४ प्रतिशतले कम हो। गत वर्ष सो अवधिमा संस्थाले ५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाले ७ करोड ७५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। गत वर्ष यही अवधिमा संस्थालाई ३६ करोड २ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो। 

यही अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत १३ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिमा ११ करोड ६१ लाख रुपैयाँ रहेको थियो।

संस्थाले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ६७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब २५ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी २५ करोड ४९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर २७ करोड ७५ लाख रुपैयाँको पुगेको । गत वर्ष रिजर्भमा १५ करोड ४७ लाख रुपैयाँमात्रै थियो।

संस्थाको प्रतिशेयर आम्दानी ३६.३४ रुपैयाँ, पीई रेसियो ३८.२२ गुणा र प्रतिशेयर नेटवर्थ २०८.८६ रुपैयाँ रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया