काठमाडौं- युनाइटेड मोदी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५८.०१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको हालै सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण यस्तो देखाएको हो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो। समीक्षा अवधिमा विद्युत बिक्रीको आम्दानी भने ६ प्रतिशतले घटेको छ।
चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ भने २५४.९७ प्रतिशतले बढेर १० करोड १८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २ करोड ८६ लाख रुपैयाँमात्र थियो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २.१५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०८.८६ रुपैयाँ रहेको छ।
प्रतिक्रिया