आजबाट दुई कम्पनीको संस्थापक शेयर बिक्रीमा, कुनको कति कित्ता र आवेदन दिने अवधी कति ?

४ बर्ष अगाडि

काठमाडौं- आज (बुधबार) देखि दुई कम्पनीको संस्थापक शेयर विक्रीमा आएको छ । 

कुमारी बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता र जानकी फाइनान्सले मनोट कुमार साहको नाममा रहेको ५१ हजार ३५ कित्ता शेयर विक्रीमा आएको हो । 

यी दुवै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । 

पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा मात्र अन्य व्यक्ति तथा संस्थाहरुमो यो शेयर विक्री गरिने जानकारी कम्पनीहरुले दिएका छन् । 

शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीहरुको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया