काठमाडौं-मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले हालै सार्वजनिक वित्तिय विवरण अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७७ लाख भन्दा बढी खुद नोक्सानी व्यहोरेको छ ।
हाल १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण भइरहेको अवस्थामा कम्पनी रू. २ करोड ७६ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ ।
यस वर्ष कम्पनीको सञ्चालन घाटा बढेको छ भने खुद नोक्सानी रकममा कमी आएको छ । सञ्चालन घाटा बढेपनि कम्पनीको वित्तीय आम्दानी यस वर्ष ३५०.५२ प्रतिशत बढी भएकाले खुद नोक्सानी रकम ६२.१९ प्रतिशत कम भएको हो । गत वर्ष रू. ४४ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ करोड ९९ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।
यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू.२८ करोड ५ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।
.
कम्पनीको दीर्घकालिन कर्जा तथा दायित्व रकम गत वर्षभन्दा २४.७४ प्रतिशत वृद्धि भई रू. ६ अर्ब ५५ करोड ६६ लाख पुगेको छ ।
प्रतिक्रिया