आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

माघ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया