काठमाडौं- नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले आफ्नो बाह्रो बार्षिक उत्सवको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी बाह्र महिना (एक वर्ष) को लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्ण रुपमा छुट गरिने जनाएकोे छ । संचालनको बाह्र वर्ष पुरा गरी तेह्रो वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनिहरुको लगानीको उचित व्यवस्थापन गरिने जनाएको छ । लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गरी लगानीकर्ताहरुलाई उच्च दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकहरुको व्यवस्था गरेको छ । जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसक्नु भएको लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसकेका लगानीकर्ताहरुले यसबाट पहिलो बाह्र महिनाको लागि बिना कुनै व्यवस्थापन शुल्क यसमा प्रवेश गरी फाईदा लिन सक्नेछन् ।
यो लगानी व्यवस्थापन सेवामा दक्ष Portfolio Analyst तथा गहन विश्लेषण, Research को आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ । लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ भने यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन (Stock Valuation) गराई प्रवेश गर्न सकिनेछ । यो सेवा सर्वसाधारण लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्नेछन् । लगानीकर्ताहरुलाई यो सेवा सम्बन्धि अन्य जानकारी आवश्यक परेमा कम्पनीको ईमेलः [email protected] , [email protected] ईमेल गर्न वा फोन नम्बर ४४११६०४, ४४११७३३ Ext. 134/141 मा सम्पर्कको लागि अनुरोध गरेको छ ।
विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएको बिभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले सीमित अवधि अर्थात् फागुन १० गतेसम्मका लागि मात्र यो सुविधा दिइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया