१६ अंकले घटेर नेप्सेमा सर्वाधिक गुमाउनेमा हाइड्रोपावर, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज कारोबारको तेस्रोदिन आज मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १५.६९ अंक बढेर बन्द भएको नेप्से, आज १६.३० अंक घटेर २८३५.५८ विन्दुमा झरेको छ ।

आज सेन्सेटिभ इण्डेक्स २.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ । नेप्से ओरालो लागेपनि कारोबार रकम भने बढेको छ । 

अघिल्लो कारोबार दिन ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ७१ हजार ३४० पटकको कारोबारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबार ६ अर्बमा सिमिति हुदाँ लिबर्टी इनर्जी कम्पनीले सर्वाधिक गुमाएको छ । कम्पनीको आज ६.२७ प्रतिशतले घट्न पुगेको हो ।

त्यस्तै, नेपाल हाइड्रो डेभलोपेरको ५.१८ प्रतिशत, बोट्लस नेपालको ३.९५ प्रतिशत, यूनिर्भसनल पावरको ३.६३ प्रतिशत र तेह्रथुम पावरको ३.२५ प्रतिशतले घटेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया