काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा १९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १२ हजार ६ सय ९२ नमुना परीक्षण गर्दा १९५७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ५८७ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १८४ जना र ४ हजार १०५ मा एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा संक्रमण देखिएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार १८१ रहेको छ ।
प्रतिक्रिया