आज यी कम्पनीहरु भए मालामाल

४ बर्ष अगाडि

काठमाडौं - आज कारोबारको तेस्रोदिन आज मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १५.६९ अंक बढेर बन्द भएको नेप्से, आज १६.३० अंक घटेर २८३५.५८ विन्दुमा झरेको छ ।

आज सेन्सेटिभ इण्डेक्स २.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।०७ अंक घटेको छ । नेप्से ओरालो लागेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ७१ हजार ३४० पटकको कारोबारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज नेपाल इन्स्योरेन्सले सर्वाधिक कमाउन सफल भएको छ । कम्पनीको शेयर आज ३.८३ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावरको ३.४४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २.९९ प्रतिशत, विन नेपाल लघुवित्तको २.५६ प्रतिशत, एनएमबि हाईब्रिड फण्डको २.२७ प्रतिशत र समृद्धि फाइनान्सको २.२६ प्रतिशतले वृद्धि भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया