काठमाडौं कारोबारको तेस्रोदिन आज मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १५.६९ अंक बढेर बन्द भएको नेप्से, आज १६.३० अंक घटेर २८३५.५८ विन्दुमा झरेको छ ।
आज सेन्सेटिभ इण्डेक्स २.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ ।
नेप्से ओरालो लागेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ७१ हजार ३४० पटकको कारोबारमा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
मंगलबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । आज दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३८ प्रतिशत, होटल तथा पर्यटनको ०.१२ प्रतिशत र व्यापार उपसमूहको ०.०९ प्रतिशत बढेको छ ।
कारोबारमा आएका जलविद्युत तथा लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५४ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन जीवन बीमा उपसमूहको परिसूचक १.०७ प्रतिशत, विकास बैंकको १।०२ प्रतिशत, लघुवित्तको ०.६५ प्रतिशत, वित्तको ०.३७ प्रतिशत, बैंकिङ्गको ०.३६ प्रतिशत र अन्यको ०.०९ प्रतिशत घटेको छ ।
प्रतिक्रिया