माउन्टेन इनर्जीको नाफामा उछाल, रिटेन्ड अर्निङमा १४२.८६ प्रतिशतको बढोत्तरी

३ बर्ष अगाडि

काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्ममा कम्पनीको विद्युत बिक्रीको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीको विद्युत बिक्रीको आम्दानी ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ । 

गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड २१ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो । यस्तै कम्पनीले समीक्षा अवधिसम्म ४२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ७८८.७२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ७९ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो ।

चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ८३ करोड १५ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म रिटेन्ड अर्निङ ३४ करोड २३ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले रिटेन्ड अर्निङमा १४२.८६ प्रतिशतको बढोत्तरी भएको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २१.६६ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा ईपीएस २.८५ रुपैयाँमा सीमित थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया